केन्यामा विवादास्पद कर विधेयक फिर्ता हुने घोषणा
केन्याका राष्ट्रपति विलियम रुटोले विवादास्पद कर विधेयक फिर्ता लिने घोषणा गरेका छन् । कर वृद्धिको प्रावधान रहेको विवादास्पद विधेयकको विरोधमा भएको हिंसात्मक प्रदर्शनमा २२ जनाको ज्यान गएपछि सरकारले विधेयक फिर्ता लिने घोषणा गरेको बीबीसीले जनाएको छ ।
विवादास्पद कर विधेयकको विरोधमा देशभरबाट आक्रोशित नागरिकले विरोधमा प्रदर्शन गर्ने क्रममा केन्याको संसद् भवनको एक भाग पनि जलाएका थिए । प्रहरीले उनीहरुलाई रोक्ने क्रममा गोली चलाउँदा २२ जनाको ज्यान जानुका साथै अरु थुप्रै घाइते भएका थिए ।
घटनापछि राष्ट्रपति रुटोले राष्ट्रका नाममा सम्बोधन गर्दै अब विधेयकमा हस्ताक्षर नगर्ने बताएका हुन् । नागरिकको विरोधका बाबजुद अस्ति मंगलवार विधेयक पारित भएको हो। राष्ट्रपतिको हस्ताक्षरपछि मात्र कानुन बन्ने प्रावधान छ ।
एजेन्सी
Comments