पाकिस्तानले यो वर्ष ३ अर्ब डलरको 'आईटी' सेवा निर्यात गर्ने

पाकिस्तानले यो वर्ष ३ अर्ब अमेरिकी डलरभन्दा धेरैको सूचना प्रविधि अर्थात् 'आईटी' सेवा निर्यात गर्ने भएको छ । सूचना प्रविधि राज्यमन्त्री शजा फातिमा ख्वाजाले यो वर्ष ३ अर्ब डलरभन्दा धेरै मूल्यको सूचना प्रविधि सेवा निर्यात हुने पक्का भएको बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

ख्वाजाले देशले बनाएको कुशल नीतिले गर्दा आउँदो पाँच वर्षमा सूचना प्रविधिको निर्यात २५ अर्ब डलर पुग्ने अपेक्षा गरिएको पनि दाबी गरेकी छन् । पाकिस्तान सरकारले 'आईटी' क्षेत्रलाई आर्थिक उत्थान रणनीतिमा एक प्रमुख क्षेत्रको रूपमा प्राथमिकता दिएको छ । यसका लागि युवाहरूलाई सूचना प्रविधिको क्षेत्रमा आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यस्तै सूचना प्रविधिका उद्योगको क्षमता बढाउन चिनियाँ र अन्य अन्तर्राष्ट्रिय कम्पनीहरूसँग साझेदारी गरिरहेको पनि खबरमा उल्लेख छ । पहिलो चरणमा आउँदो पाँच वर्षमा १५ लाख जना युवालाई तालिम दिने योजना रहेको पाकिस्तान सरकारले छ ।

एजेन्सी

Comments

Back to top