प्रभु बैँक लि.र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर बीच छुट सम्झौता

प्रभु बैँकका कर्मचारीहरुलाई लक्षित गर्दे हरिसिद्धि, ललितपुरमा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर सँग विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ ।

एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट बाग्मति प्रदेश–३ का प्रमुख राजु के.सी.र शाखा प्रबन्धक अमित बज्राचार्यद्वारा हस्ताक्षर गरियो ।

सम्झौता अनुसार प्रभु बैँक लि.का कर्मचारीहरुले कर्मचारी मान्य परिचयपत्र को आधारमा मा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर को विभिन्न सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।

उक्त समारोहमा बिशेष गरी महिला कर्मचारीहरुलाई लक्षित गरि स्तन र पाठेघर सम्बन्धि क्यान्सरबारे जानकारी गराईएको थियो ।

स्तन सम्बन्धि क्यान्सर का डा.प्रफुल्ल शाक्य र पाठेघर सम्बन्धि क्यान्सर की डा.अनु बज्राचार्य ले चेतना मुलक सन्देश प्रस्तुत गरेका थिए भने सो समारोहमा उल्लेखनीय महिला कर्मचारीहरुको सहभागिता समेत रहेको थियो ।

एजेन्सी

Comments

Back to top