अमेरिकासँग सम्झौतापछि विकिलिक्सका संस्थापक जुलियन असान्ज रिहा

विकिलिक्सका संस्थापक जुलियन असान्ज पाँच वर्षपछि बेलायती जेलबाट छुटेका छन् । एक वर्ष लामो कानुनी लडाइपछि अमेरिकी प्रशासनसँग सम्झौता भएर जुलियन जेलबाट छुटेका हुन् । अदालतको पत्र अनुसार जुलियन आफ्नै देश अष्ट्रेलिया फर्कनेछन् ।

जुलियनले कानुनी प्रक्रिया पूरा गरी बेलायत छाडेका हुन् । अमेरिकासँग गरेको सम्झौताको जानकारी भने अहिलेसम्म बाहिर नआएको बीबीसीले जनाएको छ । ५२ वर्षीय जुलियनलाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित कागजात चोरेको र सार्वजनिक गरेको आरोप लागेको थियो ।

अमेरिकी प्रशासनले विकिलिक्सले सार्वजनिक गरेको इराक र अफगानिस्तानसँग सम्बन्धित फाइलका कारण धेरैको ज्यान खतरामा परेको आरोप लगाएको थियो । जुलियन अमेरिकामा सुपुर्दगीको मुद्दामा पनि आन्तरिक रूपमा लडिरहेका थिए ।  

एजेन्सी

Comments

Back to top