हमासलाई सत्ताबाट नहटाएसम्म युद्ध जारी रहन्छ : इजरायली प्रधानमन्त्री नेतान्याहु

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी गाजाको रफाह शहरमा हमासविरुद्ध चलिरहेको युद्ध चाँडै अन्त्य हुने बताएका छन् ।

इजरायली च्यानल १४ टीभी न्युजसँगको कुराकानीमा प्रधानमन्त्री नेतान्याहुले रफाहको युद्ध अन्तिम चरणमा पुगेको बताएको बीबीसीले जनाएको छ । उनले हमासलाई सत्ताबाट नहटाएसम्म युद्ध चलिरहने पनि बताएका छन्।

इजरायलविरुद्धको आक्रमणमा हमासलाई साथ दिइरहेको हिजबुल्लाह समूहको आक्रमणको बीचमा प्रधानमन्त्री नेतान्याहुले छिट्टै लेबनानी सीमामा इजरायली सेना पठाउन सक्षम हुने पनि बताएका छन् । उनले हमासको ठाउँमा वेस्ट बैंकमा रहेको प्यालेस्टिनी ‘अथोरिटी’ लाई गाजामा प्रशासन सञ्चालन गर्न दिने विचारलाई फेरि खारेज गरेका छन् ।

नेतान्याहुले उत्तरी गाजा पट्टीमा सत्ताबाट हमासलाई हटाउने र प्यालेस्टिनी ‘एन्क्लेभ’मा रहेका झन्डै सय जना बन्धकलाई रिहा गर्ने सम्झौतामा मात्र सहमत हुने बताएका छन् ।

एजेन्सी

 

Comments

Back to top