मंगोलियाका प्रमुख नदीहरूमा बढ्यो पानीको स्तर

लगातारको वर्षाका कारण मङ्गोलियाका प्रमुख नदीहरूको पानीको स्तर उच्च भएको छ । सरकारले सतर्कता अपनाउन चेतावनी दिएको मौसम विज्ञान र वातावरणीय अनुगमनका लागि राष्ट्रिय एजेन्सीले बताएको छ । 

तेरेलज, तुल, खेरलेन, सेल्बे र सुगुनगुर लगायतका धेरै प्रमुख नदीहरूले चेतावनीको स्तर १० सेन्टिमिटरदेखि ८२ सेन्टिमिटरसम्म पार गरिसकेका छन् । एजेन्सीले नदीहरूको पानीको स्तर आगामी दिनहरूमा अझै बढ्ने आङ्कलन गरिएको छ । 

मध्य सातादेखि देशका पश्चिमी, मध्य र पूर्वी क्षेत्रका अधिकांश भूभागमा भारी वर्षा भइरहेको छ । एजेन्सीले सर्वसाधारणलाई र विशेष गरी नदी किनारमा बसोबास गर्ने गोठाला एवं पर्यटकहरूलाई सम्भावित प्रकोपबाट थप सावधानी अपनाउन चेतावनी दिएको छ ।

एजेन्सी

Comments

Back to top