मुलुकभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै

आगामी आर्थिक वर्षका लागि आज सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार असार १० गते भित्र बजेट ल्याउनु पर्ने भएकाले स्थानीय निकायले आज बजेट सार्वजनिक गर्न लागेका हुन् ।

आर्थिक वर्ष २०८१/८२ का लागि आज ७ सय १५ स्थानीय तहले आय व्ययको विवरण सार्वजनिक गर्न लागेका हुन् ।

सात सय ५३ मध्ये ३८ स्थानीय तहले भने यसअघि नै बजेट सार्वजनिक गरिसकेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तहको बजेटको अद्यावधिक अनुसार कोशी प्रदेशका दुई, मधेश प्रदेश ६, बागमतीका ६, गण्डकी प्रदेशका १४ लुम्बिनीका ३, कर्णालीका १ र सुदूरपश्चिम प्रदेशका तीन स्थानीय तहले बजेट पेस गरिसकेका छन् ।

असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ ।

गतवर्ष धेरै स्थानीय तहले निर्धारित समयभन्दा निकै पछिसम्म पनि बजेट सार्वजनिक गर्न नसक्दा शिक्षक तथा कर्मचारीलाई तलब दिन नसक्नेदेखि बजेट खर्च गर्नमा समस्या भएको थियो ।

एजेन्सी

Comments

Back to top