गाजामा विस्थापितलाई आश्रय लिन छुट्ट्याइएका ६९ प्रतिशत विद्यालय भवन क्षतिग्रस्त

प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्र सङ्घीय राहत तथा कार्य निकाय (यूएनआरडब्लूए) ले गाजामा विस्थापित परिवारले आश्रय लिइरहेका ६९ प्रतिशत विद्यालय भवनमा क्षति पुगेको जनाएको छ ।

यूएनआरडब्ल्यूले मानवीय कानुनको घोर अवहेलना रोक्नैपर्ने बताउँदै गाजामा कहीँ पनि सुरक्षित नभएको र अब युद्धविरामको आवश्यकता रहेको बताएको कतार न्युज एजेन्सीले जनाएको छ । गाजामा ७६ प्रतिशतभन्दा बढी विद्यालय पुनर्निर्माणको अवस्थामा पुगिसकेका छन् ।

यूएनआरडब्ल्यूएका प्रवक्ता जोनाथन फाउलरले गाजा पट्टीमा इजरायली आक्रमणका कारण भएको विनाशलाई मेटाउन र पुनर्निर्माण गर्न २० वर्षभन्दा धेरै समय लाग्ने बताएका छन् । गाजा पट्टीमा रहेका झन्डै एक सय ७० यूएनआरडब्ल्यूएका सुविधाहरूमा बमबारी गरिएको खबरमा उल्लेख छ ।

प्रवक्ता फाउलरले आक्रमणको शुरुआतदेखि नै पठनपाठन बन्द भएकाले विद्यालय नै सबैभन्दा बढी क्षति भएका बताए । गाजा विद्यालयहरूलाई विस्थापित भएका नागरिकका लागि आपत्कालीन आश्रयस्थलमा रूपान्तरण गरिएका छन् ।

एजेन्सी

 

Comments

Back to top