युक्रेनको पावर ग्रिडमा रुसको ठूलो आक्रमण
रुसले युक्रेनको पावर ग्रिडमा ठूलो हमला गरेको छ । बीबीसीका अनुसार युक्रेनले पावर ग्रिडमा आक्रमण गरेको बताएको छ ।
युक्रेनका ऊर्जा मन्त्रीले पछिल्लो तीन महिनामा रूसले युक्रेनको पावर प्लान्टमा आक्रमण गरेको यो आठौं पटक भएको जानकारी दिए ।
“हवाई प्रतिरक्षा प्रणालीले रातको समयमा रूसले प्रक्षेपण गरेका १६ वटा मिसाइलमा १३ ड्रोनलाई खसाल्यो,” युक्रेनी वायुसेनाले भन्यो ।
अधिकारीहरूका अनुसार जापोरिझिया क्षेत्रमा भएको यो हमलामा दुई ऊर्जाकर्मी घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।
अधिकारीहरूले इभानो-फ्रान्किभस्कको दक्षिणपश्चिमी क्षेत्रमा घरहरू र साना बालबालिकाको विद्यालयमा पनि क्षति पुगेको जानकारी दिएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भर्खरै भनेका छन्, ‘रूसले देशको बिजुली उत्पादन क्षमता आधा नष्ट गरेको छ । त्यसैले, युक्रेनले मार्चको अन्त्यबाट बिजुली आपूर्ति घटाउन थाल्यो ।’
शनिबार रातिको आक्रमण यस हप्ताको पावर प्लान्टलाई लक्षित गरी भएको दोस्रो आक्रमण हो ।
बिहीबार युक्रेनी अधिकारीहरूले रूसको रातभरी हमलामा सात कर्मचारी घाइते भएको बताएका छन् । पावर स्टेशन लगायत धेरै विद्युत संरचनामा पनि क्षति पुगेको छ ।
एजेन्सी
Comments