नेपाल टेलिकमद्वारा माछापुच्छ्रे र अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा फोरजी सेवा विस्तार

नेपाल टेलिकमले माछापुच्छ्रे बेस क्याम्प तथा अन्नपूर्ण बेस क्याम्प क्षेत्रलाई लक्षित गरी फोरजी मोबाइल सेवा विस्तार गरेको छ।

कास्की जिल्लाको अन्नपूर्ण पदमार्ग क्षेत्रको माछापुच्छ्रे बेस क्याम्पमा नयाँ बिटिएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो।

यसैगरी उक्त पदमार्ग क्षेत्रमा पर्ने देउरालीमा रहेको टुजी मोबाइल सेवालाई स्तरोन्नत्ति गरी सो क्षेत्रमा पनि फोरजी सेवा सञ्चालनमा ल्याइएको छ।

समुद्री सतहबाट करिब चार हजार मिटरको उचाइमा रहेका यस क्षेत्रमा सेवा विस्तार भएसँगै स्थानीय घुम्न आउने पर्यटक तथा यस भेगका पर्यटन लगायत अन्य व्यवसायीहरूसमेत नेपाल टेलिकमको फोरजी मोबाइल सेवाबाट लाभान्वित हुने विश्वास कम्पनीको रहेको छ।

एजेन्सी

Comments

Back to top