भारतीय प्रधानमन्त्री मोदीले २० हजार करोडको किसान योजना घोषणा गर्दै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी महत्वकांक्षी किसान योजना घोषणा गर्दै छन्।

आगामी मंगलबार वाराणासीबाट मोदीले प्रधानमन्त्री किसान सम्मान योजना अर्थात् पिएम-किसान निधि योजना अन्तर्गत् २० हजार करोडको योजना घोषणा गर्न लागेका हुन् ।

पिएम–किसान योजनाको १७औँ किस्ता जारी गरेपछि मोदीले ३० हजार भन्दा बढी स्व-सहायता समूहहरूलाई कृषि सखीहरूका रूपमा प्रमाणपत्र प्रदान गर्ने छन् ।

यो कार्यक्रम उत्तर प्रदेश सरकारको समन्वयमा केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्रालयले आयोजना गर्नेछ । प्रधानमन्त्री मोदीले गत सोमबार प्रधानमन्त्री किसान निधिको १७औँ किस्ता जारी गर्ने अधिकार दिएर आफ्नो तेस्रो कार्यकालको सुरुआत गरेका थिए। यसको लक्ष्य नौ करोड ३० लाख किसानलाई फाइदा पुर्‍याउने र करिब २० हजार करोड रुपैयाँ वितरण गर्ने रहेको छ ।

एजेन्सी

Comments

Back to top