जी सेभेन राष्ट्रको अर्को शिखर सम्मेलन क्यानडामा हुने

जी–७ नेताहरूको अर्को शिखर सम्मेलन क्यानडामा हुने भएको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अर्को वर्ष अल्बर्टामा शिखर सम्मेलनको आयोजना गर्ने घोषणा गरेका हुन् ।

क्यानडाले शिखर सम्मेलन आयोजना गर्ने यो सातौँ पटक हुनेछ । क्यानडाले यस पटकको सम्मेलन पर्यटकीय स्थलमा गर्न लागेको हो । क्यानडाले यसअघि सन् २००२ मा जी–७ को २८औँ शिखर सम्मेलनको आयोजना गरेको थियो । त्यही शिखर सम्मेलनले रूसलाई जी ७ को पूर्ण सदस्य बन्ने घोषणा गरेको थियो ।

सन् २०१८ मा क्यानडाले आयोजना गरेको अन्तिम जी–७ शिखर सम्मेलन भने विवादित बनेको थियो । अमेरिकाका तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिनिधिलाई सम्मेलनका एजेण्डामा सहमति नजाउन भन्दै ट्विट गरेका थिए ।

एजेन्सी

Comments

Back to top