सबैभन्दा बढी बजेट बागमतीको, ६४ अर्ब ५४ करोड

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शनिबार प्रदेश सभाको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले सो बराबरको बजेट प्रस्तुत गरे । 

यो बजेट प्रदेशभरिमा सर्वाधिक हो । त्यसमध्ये पूँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार रुपैयाँ र चालूतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै वित्तीय व्यवस्थाका लागि यो वर्ष १ अर्ब ५० करोड छुट्याइएको छ ।  

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक कर राजस्वबाट २७ अर्ब ३८ करोड ५७ लाख रुपैयाँ, बचत तथा संघीय सरकारबाट प्राप्त हुने अनुदानबापत १४ अर्ब ८६ करोड १४ लाख ५१ हजार रुपैयाँ, संघीय सरकारबाट राजस्व बाँडफाँड बापत प्राप्त १५ अर्ब ५७ करोड ५६ लाख रुपैयाँ प्राप्त हुने जनाइएको छ । 

अघिल्लो वर्ष बागमती सरकारले ६२ अर्ब ७० करोडको बजेट ल्याएको थियो । यो तुलनामा अहिलेको बजेट झण्डै १ अर्ब ८२ करोड रुपैयाँ बढी हो ।

एजेन्सी

Comments

Back to top