सुदूरपश्चिम सरकारले ल्यायो ३१ अर्बको बजेट

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ ।

शनिबार आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले प्रदेश सभामा चालूतर्फ ११ अर्ब ६० करोड १९ लाख ६३ हजार, पुँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार, अन्तर सरकारी वित्तीय व्यवस्थातर्फ २ अर्ब ९२ करोड ७० लाख १० हजार र वित्तीय व्यवस्थापन तर्फ १० करोड विनियोजन गरेको जानकारी दिएका हुन ।

त्यस्तै सुदूरपश्चिमका ९ जिल्लामा रहेका प्रदेशका ३२ निर्वाचन क्षेत्रमा एउटाका दरले ३२ वटा नमुना विद्यालय बनाइने भएका छन् । प्रत्येक निर्वाचन क्षेत्रमा एक÷एक का दरले ३२ विद्यालयको शिक्षामा सुधारका लागि २० करोड विनियोजन गरिएको छ ।

आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले प्रदेश सभामा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै २० करोड विनियोजन गरिएको बताए ।सुदूरपश्चिमका ९ जिल्लामा ९ वटा उद्योग स्थापना हुने भएका छन् ।

आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले प्रदेश सभामा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै ९ जिल्लाका लागि ९ वटा उद्योग स्थापनाका लागि ९ करोड विनियोजन गरेका हुन ।

एजेन्सी

Comments

Back to top