मेड इन नेपाल हुण्डाइ भेन्युको विक्री-वितरण सुरू

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा नै हुण्डाइ भेन्युको व्यवसायीक उत्पादन गरी विक्री वितरण सुरु गरेको छ। 

लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुण्डाइ मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो। लक्ष्मी मोटर कर्पोरेसनले पहिलोपटक नेपालमा हुण्डाइ भेन्यु मोडल उत्पादन गर्ने र यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरू कोरिया वा भारतमा बन्ने गाडिहरू सरहकै हुने कम्पनीले दाबी गरेको छ।

स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, शीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपतका साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जनाएको छ। 

प्रथम चरणमा हुण्डाइ भेन्युका दुई भेरिएन्ट उत्पादन गर्ने र क्रमशः केही समयभित्र नै थप अरु भेरियन्टहरुको उत्पादन पनि बढाउँदै जाने कम्पनीको योजना रहेको छ।  

एजेन्सी

Comments

Back to top