२० प्रतिशतभन्दा धेरै जनसङ्ख्या गरिबीकाे रेखामुनि
नेपालमा २० दशमलव २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको चौथो नेपाल जीवनस्तर सर्वेक्षण तथ्याङ्कीय प्रतिवेदनले नेपालमा अझै २० प्रतिशतभन्दा धेरै जसङ्ख्या गरिबीकाे रेखामुनि रहेका देखाएकाे हाे । प्रदेशगत रूपमा हेर्दा गरिबीकाे रेखामुनि रहेकाे जनसङ्ख्या सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा र सबैभन्दा कम बाग्मती प्रदेशमा छ ।
प्रतिवेदनले आफ्नै घर भएका जनसङ्ख्या ८१ दशमलव ४ प्रतिशत देखाएकाे छ । यस्तै १५ दशमलव १ प्रतिशत परिवार भाडाका घरमा बस्ने गरेका र २ दशमलव ७ प्रतिशत परिवारसँग घर नभएकाे सर्वेक्षणले देखाएको छ ।
यस्तै विद्यालयमा पहुँच भएका विद्यार्थीको सङ्ख्या ७० दशमलव २ प्रतिशत रहेकाे छ । सरुवा रोग लागेका जनसङ्ख्या २४ दशमलव ९ र नसर्ने रोग लागेका जनसङ्ख्या १८ दशमलव ५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । २९ दशमलव ३ प्रतिशत जनसङ्ख्या चिकित्सा परामर्शको पहुँचमा रहेका सर्वेक्षणले देखाएकाे छ ।
एजेन्सी
Comments