जी–७ शिखर सम्मेलन : युक्रेनलाई सहयाेग जुटाउनेदेखि 'एआई' सम्मका एजेन्डा

विश्वका सबैभन्दा ठूला अर्थतन्त्र भएका सात प्रमुख राष्ट्रहरूको समूह (जी–७) को ५० औँ शिखर सम्मेलन इटालीमा शुरु भएको छ । बिहिबारदेखि शुरु भएको सम्मेलन पर्सि शनिवारसम्म चल्नेछ ।

क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिकाका प्रतिनिधिहरूले युक्रेन र गाजा युद्धलगायतका विषयमा छलफल गर्ने बीबीसीले जनाएको छ । यो शिखर सम्मेलनले युक्रेनका लागि अर्बाैँ डलर जुटाउन रोक्का गरिएको रुसी सम्पत्ति प्रयोग गर्ने योजनामा सहमत हुने अपेक्षा गरिएको खबरमा उल्लेख छ ।

अमेरिकाको तर्फबाट गरिएको प्रस्तावअनुसार रोक्का गरिएको रुसी सम्पत्तिको प्रयोग गरेर युक्रेनका लागि हरेक वर्ष ५० अर्ब डलर जम्मा गर्न सकिनेछ । अमेरिकाले रुसमाथि नयाँ आर्थिक प्रतिबन्धको पनि प्रस्ताव राखेको छ । जी–७ बैठकमा आर्थिक सुरक्षा र कृत्रिम बौद्धिकता अर्थात् ‘आर्टिफिसिएल इन्टेलिजेन्स’ (एआई) को बारेमा पनि चर्चा हुन सक्ने बीबीसीले लेखेको छ ।

जी–७ शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विकासोन्मुख देशहरूसँग आर्थिक सहयोगबारे छलफल हुनेछ ।

एजेन्सी

Comments

Back to top