सांसदहरूलाई रकम दिने मधेस सरकारको निर्णयमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

मधेस सरकारले सांसदहरूलाई रकम दिने भनेर गरेको निर्णयप्रति सर्वोच्च अदालतले कारण माग गरेको छ । बुधबार शारंगा श्रेष्ठको एकल इजालासले कारण देखाऊ आदेश दिँदै अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ ।

जनमत पार्टीका सतिश सिंह मुख्यमन्त्री भएपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रत्यक्ष निर्वाचित सांसदका लागि ५ करोड र समानुपातिक सांसदका लागि डेढ करोड रकम दिने निर्णय लिएको थियो ।

मन्त्रिपरिषद्को निर्णयविरुद्ध कानुनका विद्यार्थीहरू मनिषकुमार मण्डल, पारितोषकुमार साह र आबिद हुसैनले रिट निवेदन दर्ता गरेका थिए ।

एजेन्सी

Comments

Back to top