चिनियाँ प्रधानमन्त्री ली ले न्यूजिल्यान्डको भ्रमण गर्ने
चिनियाँ प्रधानमन्त्री ली छ्याङले यसै साता न्यूजिल्याण्डको भ्रमण गर्ने प्रधानमन्त्री क्रिस लक्सनले बताएका छन्।
सन् २०१७ पछि न्यूजिल्याण्ड भ्रमण गर्ने लीपहिलो चिनियाँ प्रधानमन्त्री हुनेछन् । “म न्यूजिल्याण्डमा प्रधानमन्त्रीलीलाई न्यानो स्वागतगर्न तत्पर छु,“ लक्सनले बताए ।
प्रधानमन्त्रीको भ्रमण न्यूजिल्यान्ड र चीनबीचको सहयोगका क्षेत्रहरूमा आदानप्रदानको लागि बहुमूल्य अवसर हो ।
हालै चिनियाँ मन्त्रीस्तरीय टोलीले न्यूजिल्याण्डको भ्रमण गरेका थियो । चीन न्यूजिल्याण्डको सबैभन्दा ठूलो व्यापार साझेदार हो ।
वेलिङ्टन पश्चिमी प्रजातन्त्रहरूमा बेइजिङको सबैभन्दा नजिकका साझेदारहरू मध्ये एक हो ।
तर हालैका वर्षहरूमा चीनले प्रशान्त महासागरमा आफ्नो सैन्य र कूटनीतिक शक्तिविस्तार गर्न खोज्दा सम्बन्धमा तनाव उत्पन्न भएको छ ।
एजेन्सी
Comments