फ्रान्सेली उत्पादन इसेन्सियल पर्फ्युमको नेपालमा प्रवर्द्धन

फ्रान्सको प्रसिद्ध अन्तर्राष्ट्रिय ब्रान्ड इसेन्सियल पर्फ्युम पेरिसले काठमाडौंमा प्रवर्द्धनात्मक कार्यक्रम ‘पीआर इभेन्ट’ आयोजना गरेको छ । कम्पनीले आफ्नो उत्पादन प्रवर्द्धन गर्न हालै यो कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा कम्पनीकी प्रमुख कार्यकारी अधिकृत सीईओ गेराल्डिन अर्चम्बाल्डलेले आफ्नो नयाँ उत्पादन र पर्फ्युम प्रयोगको विविध उपयोगिता र फाइदाबारे जानकारी दिएकी थिइन् । उनले आगामी अक्टुबरसम्म नयाँ उत्पादन नेरोली बोटानिका पनि बजारमा आउने जानकारी दिइन् । इसेन्सियल पर्फ्युमका विभिन्न उत्पादनहरू हाल बजारमा उपलब्ध छन्, जसमा दिव्य वेनिला, बोइस इम्पेरियल, रोज म्याग्नेट, फिग इन्फ्युजन, प्याचौली म्यानिया, द म्युस, मोन भेटिभर, ओरेन्ज एक्स सानटल नाइस बर्गामोटलगायत छन् ।

इसेन्सियल पर्फ्युमको नेपालको अधिकृत विक्रेता इना सेन्टर नेपाल प्रालि रहेको छ । कम्पनीका डिभाइन भ्यानिला, द मस्क, बोइस इम्पेरियल, मोन भेटिभर, फिग इन्फ्युजन, प्याचौली मनिया, ओरेन्ज एक्स सान्ताल, नाइस बर्गामोट र रोज म्याग्नेटिकलगायतका उत्पादन नेपाली बजारमा छन् ।

एजेन्सी

Comments

Back to top