युक्रेन मुद्दामा स्विजरल्याण्डमा शान्ति सम्मेलन, रूसलाई छैन निमन्त्रणा

स्विजरल्याण्ड सरकारले युक्रेनको मुद्दामा ‘शान्ति सम्मेलन’ गर्न हालसम्म ९० देश सहमत भएको जनाएको छ ।

यो ‘शान्ति सम्मेलन’ लेक लुक्रिनमा हुने जी–७ देशका राष्ट्रप्रमुखको बैठकपछि लग्जरी रिसोर्टमा आयोजना गर्ने प्रस्ताव गरिएको बीबीसीले जनाएको छ ।

स्विजरल्याण्डका विदेशमन्त्रीले सम्मेलनको प्राथमिकतामा युद्धबन्दीको आदानप्रदान, खाद्य सुरक्षा र आणविक सुरक्षा जस्ता विषयमा छलफल हुने जानकारी दिए ।

यस ‘शान्ति सम्मेलन’मा रूसलाई निमन्त्रणा नगरिएको र यस सम्मेलनमा चीन पनि सहभागी नहुने विश्वास गरिएको छ ।

यस सम्मेलनको सुरक्षा व्यवस्थाका लागि स्वीस सेनाले चार हजार सैनिक परिचालन गर्ने भएको छ । स्विजरल्याण्ड सरकारले साइबर हमलाको निशाना बनिरहेको बताएको छ।

एजेन्सी

Comments

Back to top