नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्री प्रचण्डको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी गर्न भारतीय व्यवसायीहरूलाई आग्रह गरेका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डसँग ‘फेडेरेशन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ (फिक्की) का प्रतिनिधिहरूले भेटवार्ता गरेका थिए ।
भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीको सम्भावना रहेको भन्दै लगानी गर्न व्यवसायीहरूलाई आग्रह गरेको उनकाे सचिवालयले जनाएको छ । प्रचण्डले पर्यटन, ऊर्जा, कृषिलगायतका क्षेत्र भारतीय लगानीकर्ताका लागि उपयुक्त रहेकाे बताए ।
काठमाण्डाैमा सम्पन्न तेस्रो लगानी सम्मेलनका क्रममा नेपालले कानुनी संरचनालाई सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सिर्जना गरेको प्रधानमन्त्री प्रचण्डले बताए। भारत सरकारसँग १० वर्षमा १० हजार मेगावाट बिजुली बिक्री गर्ने दीर्घकालीन सम्झौता भइसकेको अवस्थामा नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न उपयुक्त हुने उनकाे सुझाव छ ।
एजेन्सी
Comments