नेप्सेमा ८.९० अंकको वृद्धि, कारोबार रकम ५ अर्ब ४९ करोड!

सोमबार नेप्से परिसूचक ८.९० अंकले बढेर २,०८२.०९ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१४ कम्पनीको कुल १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता सेयरको करिब ५ अर्ब ४९ करोड ६ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १७६ कम्पनीको सेयर मूल्य बढेको छ, ६१ कम्पनीको मूल्यमा गिरावट छ भने ९ कम्पनी स्थिर रहेका छन्।

यस दिन कारोबार भएका ६ उपसमूहको परिसूचक घटेको छ भने ७ उपसमूहको परिसूचक बढेको छ । 

प्रमुख कारोबार

यस दिन टप गेनरमा कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड र त्रिशुली जलविद्युत कम्पनी लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा जानकी फाइनान्स कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ८.६७% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा एनआरएन इन्फ्रास्ट्रचर एन्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४१ करोड ८७ लाख बराबरको सेयर कारोबार भएको छ।

Comments

Back to top