प्रि ओपन सेसनमा नेप्से परिसूचक १४.९४ अंकले बढ्यो !

सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १४.९४ अंकले बढेको छ। 

आइतबार ४.५९ अंकले घटेर २,०७३.१९ मा बन्द भएको नेप्से आज प्रिओपन पछि २,०८८.१४ मा खुलेको हो। कुल ८२,४३५ कित्ता सेयरको खरिदबिक्री करिब ४ करोड ६४ लाख २ हजारमा कारोबार भएको छ।

यस सेसनमा कारोबारमा आएका ७९ कम्पनीमध्ये ५५ को मूल्य बढ्यो भने २१ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्यमा भने कुनै परिवर्तन छैन।

यस अवधीमा कुल १२२ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top