जम्मु काश्मीरको रियासीमा तीर्थयात्री चढेको बसमा अन्धाधुन्ध गोली चल्दा १० जनाको मृत्यु, ३३ घाइते

भारतको जम्मु काश्मीरको रियासी शिवखोरी जान तीर्थयात्री चढेको बसमा आइतबार भएको ‘आतङ्कवादी आक्रमण’मा परी १० जनाको मृत्यु हुनुका साथै ३३ जना घाइते भएका छन्।

बस दुर्घटनाबारे एएनआईसँग कुरा गर्दै वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रियासी मोहिता शर्माको भनाइमा यो निकै दुर्भाग्यपूर्ण घटना हो । 

बस शिवखोरी मन्दिरबाट कटरातर्फ जाँदै थियो । आतङ्ककारीले गोली चलाएपछि बस चालकले नियन्त्रण गुमाएको र बस खाल्डोमा खसेको थियो । 

शर्माका अनुसार १० जनाको मृत्यु भएको र ३३ जना घाइते भएका हुन् । 

उनीहरूलाई तत्कालै नरैनापुर र रियासी जिल्ला अस्पतालमा रेफर गरिएको थियो । 

“ती यात्रु स्थानीय थिएनन् । उनीहरुको पहिचान खुल्न सकेको छैन तर प्रारम्भिक रिपोर्टअनुसार उनीहरु उत्तर प्रदेशका हुन्,” शर्माको भनाइ उद्धृत गर्दै एएनआईले जनाएको छ । 

एजेन्सी

Comments

Back to top