नेप्से ४.५९ अंकले घट्यो, कारोबार रकम ५ अर्ब १८ करोड!

आइतबार नेप्से परिसूचक ४.५९ अंकले घटेर २,०७३.१९ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१३ कम्पनीको कुल १ करोड ४ लाख ५२ हजार १२८ कित्ता सेयरको करिब ५ अर्ब १८ करोड ९० लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ९७ कम्पनीको सेयर मूल्य बढेको छ, १४७ कम्पनीको मूल्यमा गिरावट छ भने ३ कम्पनी स्थिर रहेका छन्।

यस दिन कारोबार भएका ८ उपसमूहको परिसूचक घटेको छ भने ५ उपसमूहको परिसूचक बढेको छ । 

प्रमुख कारोबार

यस दिन टप गेनरमा इर्स्टन हाइड्रोपावर नेपाल लिमिटेड, सुभम पावर लिमिटेड, सिटी होटल लिमिटेड र कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा एनआरएन इन्फ्रास्ट्रचर एन्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड ३ लाख बराबरको सेयर कारोबार भएको छ।

Comments

Back to top