आज यी २ कम्पनीको साधारण सभा बस्दै

आज जेठ २७ गते आइतबार २ कम्पनीको वार्षिक साधारण सभा बस्दैछ । यसदिन युनाइटेड मोदी हाइड्रोपावर र पाँचथर पावरले साधारण सभा बोलाएका हुन् । दुवै कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छैनन् ।

युनाइटेड मोदी हाइड्रोपावरको साधारण सभा कालीमाटी ब्यांकेटमा बिहन ११ बजेदेखि सुरु हुनेछ । यसअघि चैत २९ गते डाकेको सभामा गणपुरक संख्या (कोरम) नपुगेपछि स्थगित भएको थियो ।

साधारण सभामा यस कम्पनीको सेयर लगानी रहेको युनाइटेड मेवाखोला हाईड्रोपावरद्वारा प्रवध्रित ५० मेगावाटको मेवाखोला जलविद्युत आयोजनामा लगानी गर्नका लागि हाल कायम चुक्ता पुँजीबाट १ः१ अनुपातमा १ करोड २३ लाख ५ हजार कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव रहेको छ ।

हाल यस हाइड्रोपावरको चुक्ता पुँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद सेयर जारी गरेपछि यसको पुँजी २ अर्ब ४६ करोड १० लाख रुपैयाँ पुग्नेछ। यस्तै, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनका लागि यस कम्पनीले चैत ७ गते बुक क्लोज गरिसकेको छ ।तसर्थ, चैत ६ गतेसम्म कायम सेयरधनी मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।

पाँचथर पावरको वार्षिक साधारण सभा होटल इम्पेरियल बत्तीसपुतली, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । साधारण सभाले एक्सेल इन्भेष्टमेन्ट र मेगा भेन्चरलाई गाभ्ने प्रस्ताव पारित गर्नेछ । सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, जेठ १८ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

एजेन्सी

Comments

Back to top