नेप्सेमा थपियो दुई कम्पनीको ३७ लाख ६५ हजार कित्ता शेयर

नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । यी दुई कम्पनीको कुल ३७ लाख ६५ हजार १९५.१६४ कित्ता बोनश शेयर सूचिकृत भएको हो।

नेप्सेमा माउण्टेन इनर्जी नेपालको १५ प्रतिशत बोनश शेयर वापत २९ लाख ५२ हजार ४०.५ कित्ता र नेशनल लघुवित्त वित्तीय संस्थाको ७ दशलमव ५ प्रतिशत बोन शेयर वापत ८ लाख १३ हजार १५४.६६४ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

यी कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएसँगै ती दुबै कम्पनीका सम्बन्धीत शेयरधनीहरुले आफ्नो हितग्राही खातामा आएपछि उक्त शेयर खरिदबिक्री गर्न सक्ने छन् ।

एजेन्सी

Comments

Back to top