गाँजाको व्यावसायिक उत्पादन र अध्ययन कानूनी रूपमा सहज बनाउन सरकारलाई निर्देशन
गाँजाको व्यावसायिक उत्पादन र अध्ययन अनुसन्धानका लागि कानूनी रूपमा सहज बनाउन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ ।
शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारलाई निर्देशन दिएको हो । समितिको बैठकमा सभापति डा. आरजु राणाले बजेटमा उल्लेख गरेको गाँजाको व्यावसायिक उत्पादन गर्न कानून निर्माण गर्ने विषयलाई कार्यान्वयन सहज वातावरण बनाउन गृह र अर्थ मन्त्रालयलाई अनुरोध गरिन् ।
बैठकमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले गाँजा खेती र औषधिजन्य उपयोगको विषयमा अध्ययन अनुसन्धानका लागि सरकारले एक महिनाभित्र नियमावली बनाउने प्रतिबद्धतासमेत जनाएका छन् ।
एजेन्सी
Comments