नेप्से १.९३ अंकले घट्यो, कारोबार रकम ४ अर्ब ३८ करोड!

बिहिबार नेप्से परिसूचक १.९३ अंकले घटेर २,०७७.७८ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३२२ कम्पनीको कुल ८८ लाख १३ हजार ३७४ कित्ता सेयरको करिब ४ अर्ब ३८ करोड ८२ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १०१ कम्पनीको सेयर मूल्य बढेको छ, १३५ कम्पनीको मूल्यमा गिरावट छ भने ११ कम्पनी स्थिर रहेका छन्।

यस दिन कारोबार भएका ८ उपसमूहको परिसूचक घटेको छ भने ५ उपसमूहको परिसूचक बढेको छ । 

प्रमुख कारोबार

 

यस दिन टप गेनरमा इमर्जिङ नेपाल लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा माइ खोला हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ६.४०% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा एनआरएन इन्फ्रास्ट्रचर एन्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १८ करोड ६८ लाख बराबरको सेयर कारोबार भएको छ।

Comments

Back to top