मोदीलाई तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनाउने एनडीएको निर्णय

भारतमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले भारतीय जना पार्टी (भाजपा) का नेता नरेन्द्र मोदीलाई गठबन्धनको नेता घोषणा गरेको छ । बैठकले मोदीको नेतृत्वमा सरकार गठन गर्ने निर्णयसमेत गरेको छ । भारतीय जनता पार्टीको प्रस्तावमा फेरि एकपटक नरेन्द्र मोदीलाई एनडीएको नेता चयन गरेको बीबीसी हिन्दीले जनाएको छ ।

भाजपाले चुनावमा दुई सय ४० सीट जितेको छ र आफ्ना सहयोगी दलसँग मिलेर बहुमतको अङ्क कटाएको छ ।

भाजपा नेता मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्दै हुनुहुन्छ । मोदीले शनिवार प्रधानमन्त्रीको शपथ लिने गरी सरकार गठनको गृहकार्य शुरु भएको छ । मोदीले हिजो प्रधानमन्त्रीबाट राजीनामा दिइसकेका छन् । अब नवनिर्वाचित सांसदको शपथग्रहण हुनेछ र संसदबाट सरकार गठनको प्रक्रिया पनि शुरु हुनेछ ।

एजेन्सी

Comments

Back to top