मधेशमा जसपा नेपाल नेतृत्वको सरकार ढल्यो, नयाँ सरकार गठनका लागि आह्वान

मधेश प्रदेशमा जसपा नेपाल नेतृत्वको सरकार ढलेको छ । मधेश प्रदेश सभाको हिजो दोस्रोपटक बसेको बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको हो । विश्वासको मतका लागि गरिएको मत विभाजनमा मुख्यमन्त्री यादवले ५० मत पाए भने विपक्षमा ५३ मत पर्‍यो ।

मुख्यमन्त्री यादवलाई जसपा नेपालका १९, कांग्रेसका २२, लोसपाका ८ र राप्रपाका एक जना सांसदले विश्वासको मत दिएका छन् । विपक्षमा एमालेका २४, जनमतका १३, माओवादीका ९, एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्ति पार्टीका एक जनाको मत परेको छ ।

यसैबीच मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको लागि आह्वान गरेका हुन् ।

एजेन्सी

Comments

Back to top