दराजले ल्यायो ‘मिड–इयर सेल ६.६’ अफर

अनलाइन किनमेल कम्पनी दराज नेपालले ‘मिड–इयर सेल ६.६’को घोषणा गरेको छ। यस योजनाअन्तर्गत ग्राहकले ७० प्रतिशतसम्मको आकर्षक छुट पाउने कम्पनीले जनाएको छ।

त्यस्तै, निःशुल्क डेलिभरी, दुई करोड रुपैयाँ बराबरको मेगा भौचरलगायतको अफरसमेत रहेको छ।

कम्पनीका अनुसार दराज ६.६ मिड–इयर सेल जुन ६ (जेठ २४)देखि जुन १२ (जेठ ३०) सम्म चल्नेछ। दराज ६.६ मिड–इयर सेलको प्रमुख आकर्षणका रूपमा विभिन्न विक्रेतामार्फत खरिदकर्ताले अफर दिइएका सामग्रीहरूको खरिदका लागि न्यूनतम् ४९९ रुपैयाँ खर्च गरेपछि निःशुल्क होम डेलिभरी मिल्ने बताइएको छ। 

दराज एपको होमपेजमा रहेको 'फ्री डेलिभरी' ब्यानरमा क्लिक गरी भौचर संकलन गर्ने सुविधा पनि उपलब्ध हुनेछ। साथै, सबै मेगा डिलमा समाविष्ट उत्पादनहरूमा कुनै न्यूनतम् खर्च सीमा बिना निःशुल्क डेलिभरीको सुविधा लागु हुने कम्पनीले जनाएको छ। 

उपभोक्ताहरूको शपिङ अनुभवलाई अझ सन्तोषजनक बनाउने उद्देश्यका साथ दराजले भर्खरै ‘बेस्ट प्राइज ग्यारेन्टी’ कार्यक्रम पनि सार्वजनिक गरेको बताएको छ।

यस अन्तर्गत उपभोक्ताले ‘बेस्ट प्राइस ट्याग’का साथ बिक्रीका लागि राखिएका उत्पादनहरू बजारका तुलनामा सस्तो मूल्यमा खरिद गर्न सक्ने कम्पनीको भनाइ छ।

६.६ मिड–इयर सेलको अवधिभर खरिदकर्ताले नेपालकै अन्य अनलाइन प्ल्याटफर्ममार्फत दराजले ‘बेस्ट प्राइज ट्याग’ उपलब्ध गराएको सामग्री सो भन्दा सस्तो मूल्यमा फेला पार्न सके र दाबी मान्य भएमा खरिदकर्ताले निर्धारित मूल्यको पाँच गुणा रकम फिर्ता पाउने दराजले जनाएको छ। 

एजेन्सी

Comments

Back to top