नेप्से ५.५८अंकले घट्यो, ३ अर्ब ९९ करोडको सेयर कारोबार !

बुधबार नेप्से परिसूचक ५.५८ अंकले घटेर २,०७९.७१ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३०६ कम्पनीको कुल ८० लाख ४२ हजार ७६७ कित्ता सेयरको करिब ३ अर्ब ९९ करोड २९ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ८३ कम्पनीको सेयर मूल्य बढेको छ, १५८ कम्पनीको मूल्यमा गिरावट छ भने ६ कम्पनी स्थिर रहेका छन्।

यस दिन कारोबार भएका ८ उपसमूहको परिसूचक घटेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ । इन्भेष्मेन्ट उपसमूहको परिसूचक स्थिर रहेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा अपर लोहरे खोला हाइड्रोपावर कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ५.५१% ले घटेको छ। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रचर एन्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १९ करोड ३ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सबैभन्दा धेरै सानिमा माइ हाइड्रपावर लिमिटेडको कारोबार भएको छ।

Comments

Back to top