एलआईसी नेपालको २२औं वार्षिक साधारण सभा असार १३ गते बस्दै

लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) को २२औं वार्षिक साधारण सभा असार १३ गते बिहीबार बस्ने भएको छ । कम्पनीको जेठ १३ गते बसेको संचालक समितिको बैठकले सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा विहान ११ः४५ बजेबाट बस्ने निर्णय गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई कुनै लाभांश नबाड्ने निर्णय गरिसकेको छ। सभाले गत आवको वार्षिक प्रतिवेदन अनुमोदन गर्ने, नाफा नोक्सान, तथा नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले जेठ ३२ गते एक दिन बुक क्लोज गर्नेछ । यसका आधारमा जेठ ३१ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।

एजेन्सी

Comments

Back to top