एसबिआई बैंक र इसेवाबीच नेटवर्क, वालेट, मर्चेण्ट पेमेण्ट तथा मनि ट्रान्सफर सेवा सञ्चालन सम्झौता

नेपाल एसबिआई बैंक र इसेवा लि. बिच इसेवा नेटवर्क, डिजिटल वालेट, मर्चेन्ट पेमेन्ट र मनि ट्रान्सफर सेवा सञ्चालन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौताले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, काउन्टर डिपोजिट लगायत बैंकका च्यानलहरू मार्फत ग्राहकहरूलाई आफ्नो इसेवा वालेटमा रकम स्थानान्तरण गर्न सहज बनाउने विज्ञप्तिमा उल्लेख छ ।

सम्झौताले इसेवा प्लेटफर्म मार्फत तत्कालै खाता क्रेडिट गरी व्यापार भुक्तानीहरू सहजीकरण गर्न सहयोग पू¥याउने बैंकले जनाएको छ ।

सम्झौता पत्र बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पंडा र इसेवा लि. का तर्फबाट प्रमूख कार्यकारी अधिकृत जगदिस खड्काले हस्ताक्षर गरेका हुन् ।

एजेन्सी

Comments

Back to top