नेप्सेमा ३.९७ अंकको गिरावट, ४ अर्बको सेयर कारोबार !

सोमबार नेप्से परिसूचक ३.९७ अंकले घटेर २,०७९.०७ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१६ कम्पनीको कुल ८८ लाख २० हजार १२५ कित्ता सेयरको करिब ४ अर्ब ४० लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ११० कम्पनीको सेयर मूल्य बढेको छ, १२९ कम्पनीको मूल्यमा गिरावट छ भने ८ कम्पनी स्थिर रहेका छन्।

यस दिन कारोबार भएका १२ उपसमूहको परिसूचक घटेको छ भने १ उपसमूहको परिसूचक बढेको छ । 

प्रमुख कारोबार

यस दिन टप गेनरमा बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा एनआइबिएल स्टेबल फण्ड लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा एनआरएन इन्फ्रास्ट्रचर एन्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोड ८५ लाख बराबरको सेयर कारोबार भएको छ। 

Comments

Back to top