टेस्लाको सेयरको भित्री कारोबार गरेको भन्दै मस्कविरुद्ध मुद्दा

टेस्लाका सीईओ एलोन मस्कविरुद्ध कम्पनीको सेयरको भित्री कारोबार गरेको भन्दै अदालतमा मुद्दा परेको छ । टेस्लाका एक सेयरधनीले गत बिहीबार सीईओ मस्कविरुद्ध सन् २०२२ को अन्त्यमा टेस्लाको सात दशमलव पाँच बिलियन डलरभन्दा बढीको सेयर बेचेको आरोप लगाउँदै मुद्दा दायर गरेका हुन् ।

विद्युतीय कार टेस्लाको सम्भावित निराशाजनक उत्पादन हुनुभन्दा अघि मस्कले सो सेयर बिक्री गरेको आरोप लगाइएको छ । सेयरधनी माइकल पेरीले डेलावेयर चान्सरी अदालतमा मुधा दायर गरेका हुन् । सन् २०२३ जनवरी २ मा कम्मपनीको चौथो त्रैमासिक विवरण सार्वजनिक भएपछि टेस्लाको सेयरमूल्यमा गिरावट आएको थियो ।

मस्कले त्यसअघि नै करिब तीन अर्ब डलरको सेयर भित्रीरुपमा अनुचित फाइदा उठाउँदै बिक्री गरेको दाबी सेयरधनी पेरीको छ । उनले मस्कले टेस्लामा आफ्नो हैसियतको दुरुपयोग गरेको र टेस्लालाई आफ्नो विस्वासी कर्तव्यहरु उल्लंघन गरेको भन्दै अदालतसमक्ष मस्कालाई सेयर बिक्रीबाट भएको नाफा फिर्ता गर्न निर्देशन दिन माग गरेका छन् । मस्कले सन् २०२२ नोभेम्बर र डिसेम्बर महिनामा विभिन्न मितिमा सेयर बिक्री गरेका थिए ।

एजेन्सी

Comments

Back to top