नेप्सेमा १३.५१ अंकको वृद्धि, ४ अर्ब ३१ करोडको कारोबार !

आइतबार नेप्से परिसूचक १३.५१ अंकले बढेर २,०८३.०४ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३२५ कम्पनीको कुल ९६ लाख ९७ हजार २०६ कित्ता सेयरको करिब ४ अर्ब ३१ करोड १० लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १७४ कम्पनीको सेयर मूल्य बढेको छ, ६१ कम्पनीको मूल्यमा गिरावट छ भने १२ कम्पनी स्थिर रहेका छन्।

यस दिन कारोबार भएका १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । 

प्रमुख कारोबार

यस दिन टप गेनरमा मल्टीपर्पस फाइनान्स लिमिटेड र मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा नारायणी डेभलपमेन्ट बैँक लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.१३% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा नेपाल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड ६४ लाख बराबरको सेयर कारोबार भएको छ। 

Comments

Back to top