अभियान लघुवित्तले बाेलायो असार ६ गते वार्षिक साधारण सभा

अभियान लघुवित्तले असार ६ गते वार्षिक साधारण सभा बोलाएको छ । आज जेठ २० गते आइतबारसम्म कायम सेयरधनीले अभियान लघुवित्तको साधारण सभामा सहभागी हुन पाउनेछन् ।

लघुवित्त कम्पनीले साधारण सभा प्रयोजनको लागि जेठ २१ गते बुक क्लोज गर्दैछ । तसर्थ,  लघुवित्त कम्पनीको साधारण सभामा भाग लिन आजै सेयरधनी बन्नुपर्छ ।

साधारण सभामा यस कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न तथा बैंकको  प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

साधारण सभा ताम्राकार पार्टी भेन्यु, पनौती न.पा वडा –४, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

एजेन्सी

Comments

Back to top