अमेरिकी बैंकहरुको नाफा साढे ७९ प्रतिशत बढ्यो

अमेरिकी बैंकहरुको नाफा उच्च दरमा बढेको छ । सन् २०२४को पहिलो त्रैमासिक प्रतिवेदनअनुसार अमेरिकी बैंकहरुको नाफा ७९ दशमलव ५० प्रतिशत बढेर ६४ दशमलव दुई बिलियन डलर पुगेको छ ।

फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले धेरैजसो बैंकहरुको नाफा विशेष शुल्क तिर्नुपर्नेसम्बन्धी मूल्यांकनलाई नबुझेको कारणले नाफामा वृद्धि भएको छ । बैंकहरुले गैरब्याज आम्दानी र कम प्रावधान खर्चमा पनि वृद्धि गरेका छन् ।

फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले पहिलो त्रैमासिकमा बैंक गैरब्याज खर्च २२ दशमलव पाँच बिलियन घटेका कारण नाफा बढेको बताएको छ । विशेष मूल्यांकन लागतमा आएको गिरावट ती कम खर्चहरुको आधाभन्दा बढीको लागि जिम्मेवार रहेको छ ।

फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले क्रेडिट कार्ड र कमर्सियल रियल स्टेट फोर्टफोलियोमा गिरावट आएको उल्लेख गरेको छ ।

एजेन्सी

Comments

Back to top