नेप्सेमा १९.८९ अंकको गिरावट, ४ अर्ब २१ करोडको कारोबार !

बिहिबार नेप्से परिसूचक १९.८९ अंकले घटेर २,०६९.५३ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३११ कम्पनीको कुल ९८ लाख ६४ हजार ४८२ कित्ता सेयरको करिब ४ अर्ब २१ करोड ७४ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ७० कम्पनीको सेयर मूल्य बढेको छ, १७३ कम्पनीको मूल्यमा गिरावट छ भने ४ कम्पनी स्थिर रहेका छन्।

यस दिन कारोबार भएका १० उपसमूहको परिसूचक  घटेको छ भने ३ उपसमूहको परिसूचक बढेको छ । 

प्रमुख कारोबार

यस दिन टप गेनरमा नेपाल फाइनान्स लिमिटेड, अपर लोहरे खोला हाइड्रोपावर कम्पनी लिमिटेड र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा पोखरा फाइनान्स लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा नेपाल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १९ करोड ४५ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सबैभन्दा धेरै न्यागदी ग्रुप पावर लिमिटेडको कारोबार भएको छ।

Comments

Back to top