भारतको दिल्लीमा ५२ दशमलव ३ डिग्री सेल्सियसको उच्च तापक्रम
भारतको राजधानी दिल्लीको मुङ्गेशपुरको अधिकतम तापक्रम ५२ डिग्री सेल्सियसभन्दा धेरै रेकर्ड गरिएको छ । यो अहिलेसम्मको सबैभन्दा उच्च तापक्रम हो ।
क्षेत्रीय मौसम पूर्वानुमान केन्द्रका प्रमुख कुलदीप श्रीवास्तवकाअनुसार स्वचालित मौसम केन्द्रमा उत्तर पश्चिमी दिल्लीको मुङ्गेशपुर क्षेत्रमा ५२ दशमलव तीन डिग्री सेल्सियस रेकर्ड गरिएको बीबीसीले जनाएको छ।
भारत मौसम विज्ञान विभाग (आइएमडी) ले आज पनि हिजो जस्तै दिल्लीलगायत देशको उत्तरी भागका धेरै राज्यमा गर्मीको लहर (लू) को चेतावनी जारी गरेको छ।
आइएमडीकाअनुसार पञ्जाब, हरियाणा, चण्डीगढ, दिल्ली, राजस्थानका धेरै भाग, उत्तर प्रदेश, पूर्वी मध्य प्रदेश, पश्चिम मध्य प्रदेशका केही भाग, बिहार, झारखण्ड, उडिसा र जम्मु डिभिजनका फरक फरक भागमा लु चल्ने सम्भावना छ ।
एजेन्सी
Comments