भारतमा परिवारका आठ सदस्यको हत्या गरी युवकले गरे आत्महत्या

भारतको मध्य प्रदेशको छिन्दवाडामा एक युवकले आफ्नो परिवारका आठ सदस्यको हत्या गरी झुण्डिएर आत्महत्या गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार यो घटना तामिया तहसीलको बोदल कचर गाउँको हो।

छिन्दवाडाका प्रहरी उपरीक्षक मनिष खत्रीका अनुसार उक्त युवकको मानसिक अवस्था ठीक नभएको र उनको उपचार पनि भइरहेको थियो ।

प्रहरीका अनुसार दिनेशले पहिले आफ्नी श्रीमतीलाई बन्चरो प्रहार गरेपछि आमा, बहिनी, भाइ, भाउजु र दुई भतिजा र भतिजाको हत्या गरेका थिए ।

दिनेशले काकाको छोरालाई पनि प्रहार गरेका थिए, घटनास्थलबाट केही पर रुखमा झुण्डिएको अवस्थामा उनी मृत फेला परेका थिए ।

दिनेशको विवाह मे २१ मा भएको थियो । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

एजेन्सी

Comments

Back to top