नेप्सेमा २३.८१ अंकको गिरावट, ४ अर्ब ५७ करोडको कारोबार !

बुधबार नेप्से परिसूचक २३.८१ अंकले घटेर २,०८९.४२ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१४ कम्पनीको कुल १ करोड ७ लाख ३८ हजार १६९ कित्ता सेयरको करिब ४ अर्ब ५७ करोड ५० लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ५६ कम्पनीको सेयर मूल्य बढेको छ, १९१ कम्पनीको मूल्यमा गिरावट छ ।

यस दिन कारोबार भएका ८ उपसमूहको परिसूचक  घटेको छ भने ४ उपसमूहको परिसूचक बढेको छ । एक उपसमूहको परिसूचक भने स्थिर रहेको छ।

यस दिन ४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.४१% ले घटेको छ। कारोबार रकमका आधारमा पोखरा फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १९ करोड ५२ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सबैभन्दा धेरै प्रभु सेलेक्ट फण्डको कारोबार भएको छ।

Comments

Back to top