निश्चित रकमभन्दा बढी पुँजी भएका कम्पनी अनिवार्य रुपमा धितोपत्र बजारमा सूचीकरण हुनुपर्ने

अब निश्चित रकमभन्दा बढी पुँजी भएका कम्पनीहरु अनिवार्य रुपमा धितोपत्र बजारमा सूचीकरण हुनुपर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत यस्तो व्यवस्था गर्न लागिएको हो।

संयुक्त सदनमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले निश्चित रकमभन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवाई रुपमा धितोपत्र बजारमा सूचीकरण हुनुपर्ने व्यवस्था गरिने बताए।

यसैगरी पुँजीबजारका लगानीकर्ताको लगानी र हित संरक्षण गर्न नेपाल धितोपत्र बोर्डको संस्थागत सुदृढीकरण गरिने पनि मन्त्री पुनले बताए। ‘नेपाल स्टक एक्सचेन्‍ज र सीडीएस एन्ड क्लियरिङको संरचनागत सुधार गरिनेछ’, उनले भने।

अर्थमन्त्री पुनले वस्तु विनिमय बजारको सञ्‍चालन गर्न कानुनी र संस्थागत व्यवस्था मिलाइने पनि बताए।

एजेन्सी

Comments

Back to top