रियलमी १२ प्रो प्लस नेपालमा सार्वजनिक हुँदै
स्मार्टफोन ब्रान्ड रियलमीले नेपालमा रियलमी १२ प्रो प्लस चाँडै सार्वजनिक गर्ने भएको छ। आकर्षक डिजाइन तथा अत्याधुनिक प्रविधिको साथ ग्राहकहरूको मन जित्दै रियलमी १२ प्रो प्लसले नेपालको स्मार्टफोन बजारमा नयाँ तरंग ल्याउने रियलमीको अपेक्षा लिएको छ।
डिजाइन र डिस्प्ले
रियलमी १२ प्रो प्लसमा ६.७ इन्चको सुपर एमोलेड डिस्प्ले तथा फुल एचडी रिजोलुसन रहेको छ। जसले प्रयोगकर्ताहरूलाई रंगीन तथा सार्प कन्ट्रास्ट स्क्रिनको अनुभव प्रदान गर्दछ। फोनसँगको हरेक अन्तरक्रियालाई रमाइलो बनाउनको लागि रियलमी १२ प्रो प्लसमा १२० हर्ट्जको रिफ्रेस रेट राखिएको छ।
क्वाल्कम स्न्याप ड्रयागन ७ एस जेन २ प्रोसेसर तथा ४ एनएम अक्टा सीपीयूमा चल्ने रियलमी १२ प्रो प्लसमा धेरै एपहरू चलाउँदा पनि एकदमै छिटो काम गर्छ। यो फोनमा १२ जीबीको र्यामसँग ५१२ जीबीको आन्तरिक स्टोरेज दिइएको छ, जुन आवश्यकताअनुसार २४ जीबीसम्म बढाउन पनि सकिन्छ।
फोटोग्राफी तथा भिडियो निर्माणमा चाख राख्नेहरूको लागि रियलमी १२ प्रो प्लसको क्यामरा अति उपयोगी हुन्छ। ६४ मेगापिक्सेलको पेरिस्कोप क्यामेरा, ओम्नि भिजन ओभि६४बी सेन्सर र ओआईएस, अत्याधिक सफा फोटोको लागि ५० मेगापिक्सेलको सोनी आईएमएक्स ८९० ओआईएस क्यामरा, आठ मेगा पिक्सेलको ११२ डिग्रीको वाइड एंगल क्यामरा र ३२ मेगा पिक्सेलको सोनी आईएमएक्स ६१५ सेल्फी क्यामरा जस्ता अत्याधुनिक सुविधाहरू रियलमी १२ प्रो प्लसमा उपलब्ध छ। यी अत्याधुनिक क्यामराहरूले प्रयोगकर्तालाई अटो जुम, सुपर नाइटस्केप, स्टारी मोड प्रो तथा फोर के भिडियो रेकर्डिङ जस्ता फिचरहरू प्रदान गर्दछ।
एजेन्सी
Comments