अप्रिलमा चीनमा आईफोनको बिक्री ५२ प्रतिशतले बढ्यो
चीनमा आईफोनको बिक्री ५२ प्रतिशतले बढेको छ । अमेरिकी कम्पनी एप्पलको उत्पादन आईफोनको बिक्री चीनमा अघिल्लो वर्षको अप्रिल महिनाको तुलनामा यस वर्षको अप्रिलमा ५२ प्रतिशतले बढेको समाचार संस्था रोयर्टसले जनाएको छ ।
गएको मार्च महिनामा पनि चीनमा आईफोनको बिक्री अघिल्लो वर्षको मार्चको तुलनामा १२ प्रतिशतले बढेको थियो । हुवाए लगायतका चिनियाँ उत्पादनसँगको प्रतिस्पर्धालाई सशक्त बनाउँदै एप्पलले संसारकै ठूलो स्मार्टफोन बजारमा आफ्नो उपस्थिति बलियो बनाएको हो ।
चीनमा अप्रिल महिनामा मात्रै सबै किसिमका गरी दुई करोड २७ लाख ७० हजार वटा स्मार्टफोन बिक्री भएका छन् । यो अघिल्लो वर्षको अप्रिल महिनाको तुलनामा २५ दशलमव पाँच प्रतिशतले धेरै रहेको चाइना एकेडेमी अफ इन्फरमेसन एन्ड कम्युनिकेसन्स टेक्नोलोजी सीएआईसीटीले जनाएको छ ।
एजेन्सी
Comments