नेप्से ३.९३ अंकले बढ्यो, ३ अर्ब ८९ करोडको कारोबार !

सोमबार नेप्से परिसूचक ३.९३ अंकले बढेर २,११३.२७ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१७ कम्पनीको कुल ९३ लाख ३० हजार २९५ कित्ता सेयरको करिब ३ अर्ब ८९ करोड ३७ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १४९ कम्पनीको सेयर मूल्य बढेको छ, ९० कम्पनीको मूल्यमा गिरावट छ भने, ८ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका १० उपसमूहको परिसूचक  बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २० करोड ४० लाख बराबरको सेयर कारोबार भएको छ। 

Comments

Back to top