नेपाल एसबीआई बैंकले रु. ३ अर्बको ऋणपत्र ल्याउने

नेपाल एसबीआई बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र ल्याउने भएको छ। बैंकले ‘नेपाल एसबीआई बैंक डिबेन्चर–२०९०’ नामक ऋणपत्र ल्याउन लागेको हो।

यो ऋणपत्र निष्कासनको अनुमति माग्दै बैंकले वैशाख २ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।

धितोपत्र बोर्डले अनुमति दिएमा १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र निष्कासन गर्नेछ।

जसमा १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिने छ भने बाँकी १२ लाख इकाइको सार्वजनिक निष्कासन गरिनेछ।

यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्। नेपाल एसबीआई बैंकको ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

एजेन्सी

Comments

Back to top